९. प्रसारण गर्न नपाउनेः
कार्यक्रम प्रसारण गर्ने प्रसारण संस्था वा व्यक्तिले देहायका विषयका कुनै कार्यक्रम प्रसारण गर्न पाउने छैन ः
(क) ……….
(ख) नेपाल ।।।……. को सुरक्षा, शान्ति र व्यवस्थामा खलल पर्न जाने,
(ग) सर्वसाधारण जनताको सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्न जाने,
(घ) नेपाल ।।।……. को सार्वभौमसत्ता र अखण्डतामा आँच पु¥याउने,
(ङ) विभिन्न जात, जाति, धर्म, वर्ण, क्षेत्र, सम्प्रदायका मानिसहरू बीच वैमनश्यता सिर्जना गर्ने वा सामाजिक दुर्भावना फैलाउने,
(च) अदालतको अवहेलना हुने,
(छ) सामाजिक विकृति फैलाउने किसिमका अश्लिल सामग्रीहरू,
(ज) कुनै व्यक्तिको नाम किटान गरी कसैको मान, मर्यादा वा प्रतिष्ठामा आघात पार्ने सामग्रीहरू,
(झ) …………….
९क. कार्यक्रम प्रसारण प्रारम्भ गर्नु पर्नेः
(१) इजाजतपत्र वा अनुमतिपत्र प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले इजाजतपत्र वा अनुमतिपत्र पाएको मितिले बाह्र महिनाभित्र आफ्नो प्रसारण प्रारम्भ गर्नु पर्नेछ ।
(२) इजाजतपत्र वा अनुमतिपत्र प्राप्त कुनै व्यक्ति वा सङ्गठित संस्थाले उपनियम
(१) बमोजिमको अवधिभित्र प्रसारण प्रारम्भ गर्न नसक्ने भएमा सो को आधार र कारण समेत खुलाई अवधि थपको लागि त्यस्तो अवधि भुक्तान हुनु अगावै मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम पर्न आएको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा अवधि थप गर्न मनासिव देखेमा मन्त्रालयले छ महिनासम्मको अवधि थप गर्न सक्नेछ ।
(४) उपनियम (१) वा (३) बमोजिमको अवधिभित्र पनि प्रसारण प्रारम्भ नगर्ने व्यक्ति वा सङ्गठित संस्थाको इजाजतपत्र वा अनुमतिपत्र स्वतः रद्द हुनेछ ।